पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं, १४ कात्तिक । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।
भारतबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो । निगमले खाना पकाउने ग्यास र पेट्रोलको मूल्य भारतबाट बढेर आए पनि यथावत राखेको छ ।



