एनआरएनए भूकम्प पीडितको राहत र उद्दारमा जुट्यो, अध्यक्ष कुँवरले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई गरे अपील

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प पीडितको राहत र उद्दार तथा सहयोगको लागि अपील गरेको छ । संघका अध्यक्ष विनोद कुँवर र महासचिव जानकी गुरुङले विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएका राष्ट्रिय समन्वय परिषद्लाई सहयोगको लागि अपील गरेका छन् ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको भूकम्पका पीडितको सहयोगको संघले अपील गर्दै स्थानीय आवश्यकताका आधारमा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ । विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जी र घाइतेको स्वास्थ्यलाभको कामना गरिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, “यस दुःखद घडीमा गैरआवासीय नेपाली संघ अन्य सहयोगी संस्थाहरुको सहकार्यमा स्थलगत अध्ययन गरी केकस्ता सहयोग तथा उद्धार गर्दा बढी प्रभावकारी हुनुका साथै स्थानिय आवश्यक्ता पूरा गर्न सकिन्छ सोहि अनुसार रहात तथा उद्धार कार्यमा संलग्न हुनेछ र विश्वभर फैलिएर रहेका राष्ट्रिय समन्वय परिषद्हरु तथा सहयोगी मनहरुलाई यस कार्यमा सहयोग गर्न संघ अपिल गर्दछ ।”

अधिकांश घरहरु माटोको जाडाईबाट निर्माण भएका कारण भूकम्पले धेरै घरहरु भत्किएपछि नागरिकहरु चौरमा बसेका र खोज तथा उद्दार कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने भन्दै संघले प्रभावित क्षेत्रमा सहयोग आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।