कोशी प्रदेशका मुख्यमन्त्री सर्वदलीय सरकारको पक्षमा

विराटनगर, १८ कत्तिक : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताउनुभएको छ ।

आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उहाँले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन नै आफूले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषद्मा सामेल गराएको स्पष्ट गर्नुभयो । साथै उहाँले सरकारले चाँडै पूर्णता पाउने बताउनुभयो ।

कोशी प्रदेशको भौतिक विकासका निम्ति आफू लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको दाबी गर्नुभयो । उहाँले कृषिलाई निर्यातमुखी बनाउन ठोस योजनाका साथ अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

कोशी प्रदेश सरकार जाजरकोट भूकम्पबाट पीडित भएकाहरूका साथमा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले सहयोगस्वरुप तत्काल एक हजार थान कम्बल, एक हजार थान त्रिपाल र एक हजार वटा बिछ्यौना प्रदान गर्ने जानकारी दिनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।