भारतले दियाे दक्षिण अफ्रिकालाई ३ सय २७ रनकाे लक्ष्य

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ३ सय २७ रनकाे लक्ष्य दिएकाे छ ।

काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायाे ।

भारतका विराट काेहलीले नटआउट शतक बनाए । उनले १ सय २१ बलमा १ सय १ रन जाेडे । यस्तै श्रेयस अय्यरले ७७ र कप्तान राेहित शर्माले ४० रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी, मार्काे जेनसेन, कागिसाे रबाडा, केशव महाराज र तबरिज शाम्सीले समान १ विकेट लिए ।

भारत र दक्षिण अफ्रिका यसअघि नै विश्वकपकाे सेमिफाइनलमा पुगिसकेका छन् । भारत ७ खेलमा १४ अङ्कका साथ तालिकाकाे शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका उति नै खेलमा १२ अङ्कसहित दाेस्राे स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।