केशलीया तटबन्ध सँगै सौन्दर्यीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्रथमिकत्ताका साथ बजेट विनियोजन गर्ने र संघ र स्थानीय सरकारबिच समन्वय गरी नमुना एकीकृत योजनाको निर्माण गर्ने बताउनुभएको हो ।

विराटनगर महानगरपालिका दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जु गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा नदीले छोएका वडाका वडाध्यक्ष सहित स्विस सरकारका प्रतिनिधिहरुसंग वृहत् छलफल भएको हो । स्विस सरकारको सहयोगमा केशलीया तटबन्ध निर्माण लगायत सौन्दर्यीकरण कामको बृहत् गुरुयोजना तथा विस्तृत परियोजना प्रस्ताव स्विस सरकारको सहयोगमा भइरहेको छ ।

मुख्यमन्त्री कार्कीले केशलीया नदीको एकीकृत विकाशले कोशी प्रदेश साझेदारीको पर्यटन तथा कृर्षिमा समेत टेवा पुर्याउने भन्दै यसका लागि संघ प्रदेश र स्थानीय सरकार बिचको सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले नदी मानव जीवनसँग जन्मदेखि मृत्युसम्म जोडिएको हुनाले यसको संरक्षण सँगै सौन्दर्यीकरण गर्न सके आर्थिक लाभ समेत लिन सकिने बताउनुभयो ।

छलफल कार्यक्रममा स्विस सरकारका परामर्शदाता महेन्द्र सुब्बाले अहिलेसम्म भएका काम र बाँकी काम सम्पन्न गर्न आइपर्ने चुनौतीका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले केशलीया कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको चासो र स्थानीय सरकारहरूले देखाएको उत्साहले परिणाम ल्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाका ४, ५, ६, ११, १२, १६ वडालाई छुँदै केशलीया नदी दक्षिण तर्फ बगेको छ भने बुढीगंगा गाउँपालिकाका २, ३, ४, बर्जु गाउँपालिकाका १, २, ३ लाई छुन्छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार राय लगायतका पालिका उपप्रमुख तथा वडाध्यक्षहरूको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।