कोशी प्रदेशसभाको आजको बैठकमा प्रदेश निजामति सेवा ऐनमाथिको सैद्धान्तिक छलफल सकियो

विराटनगर, २१ कात्तिक : कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । बिनाविभागीयमन्त्री शम्शेर राईले सदनमा पेस गर्नुभएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, गोम्बू शेर्पा, विदुरकुमार लिंथेम र प्रदीपकुमार सुनुवारले धारणा राख्नुभयो ।

उहाँहरुले कोशी प्रदेश सरकार र जनतालाई सुमधुर सम्बन्ध स्थापना महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजामती सेवा ऐन त्रुटिरहित हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले प्रस्तुत विधेयकको मस्यौदामै धेरै त्रुटि देखिकाले ऐनलाई समृद्ध बनाउन दफावार छलफल गर्नुपर्ने, कर्मचारी नियुक्ति, सरुवा र बढुवा तथा योग्यता ऐनमै स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो ।

सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका तर्फबाट बिनाविभागीयमन्त्री राईले जवाफ दिँदै सुशासनबिना विकासको कल्पना गर्न नसकिने भएकाले यो विधेयकमा पर्याप्त छलफल हुने बताउनुभयो । उहाँले सैद्धान्तिक छलफलमा उठेका विषयमा गम्भीर भएर बहस र छलफल गरी त्रुटिरहित विधेयक बत्रेमा विश्वास व्यक्त गर्नुभयो ।

आजको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता निर्मला लिम्बूले कर्णाली प्रदेशमा आएको भूकम्पबाट भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

नेता लिम्बुले ताप्लेजुङको सुदूरपूर्व हिमाली क्षेत्रमा रहेका जनतालाई सेवासुविधा पु¥याउन सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । उहाँले ताप्लेजुङकै तिपला भञ्ज्याङको बाटो खोल्न सरकारसँग माग गर्नुभयो ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरु खड्गबहादुर बस्नेत, गोविन्द गिरी र सदानन्द मण्डल मुलुकको समसामयिक विषयमा धारणा राख्नुभएको थियो । कोशी प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।