लुम्बिनीको विश्वव्यापी प्रचार गर्न समझदारी

लुम्बिनी, २६ कात्तिक : बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) एवं सरोकारवाला संस्थाहरूबीच सहकार्य गर्न सहमति भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा रामग्राम, कपिलवस्तु, देवदह नगरपालिका, कोष एवं एनआरएन सहित सरोकारवालाको उपस्थितिमा शनिबार बसेको प्रत्यक्ष र अनलाइन बैठकले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न समझदारी बनेको हो ।

बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार र बुद्ध परिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि चार पालिका, लुम्बिनी विकास कोषसँगै बेलायत, अमेरिका, युरोपलगायतका विदेशमा भएका गैरआवासीय नेपालीहरूको संस्थाहरूबीच निरन्तर सहकार्य गरेर अगाडि बढ्ने गरी समझदारी बनेको छ ।

बैठकमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै स्थानीेय पालिकासहितको सहकार्यले आगामी दिनमा थप सहज बनाउने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन)हरूसँग सहकार्य गरेर बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धका मार्गदर्शन र सन्देश विश्वमाझ प्रचार–प्रसार गर्ने नीति लिएको र अब सबैको सहकार्यले नै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, देवदह, कपिलवस्तु र लुम्बिनी सांस्कृतिक नगरपालिकाहरूले समेत आफ्नो क्षेत्रका ऐतहासिक र पुरातात्विकस्थलमा उत्खनन र संरक्षणमा बजेट छुट्याएर काम गर्नुपर्ने कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।

बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रूपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार–प्रसारको खाँचो रहेको बताउनुभयो ।

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले लुम्बिनीसँगै बुद्ध जीवनसँग जोडिएका रामग्राम, देवदह, कपिलवस्तुको विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले अन्तर्राष्ट्रिय गैरआवासीय नेपालीहरूको विभिन्न संस्थासँगको सहकार्य र समन्वयले बुद्धस्थलको प्रचारमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

यसैगरी बैठकमा गैरआवासी नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, भर्चुअल माध्यमबाट गैरआवासी नेपाली सङ्घ अमेरिका (एनआरएनए)का उपमहासचिव सोमनाथ सापकोटाले लुम्बिनी, बुद्धको प्रचार–प्रसार र बुद्धपरिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि सहकार्यको वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोविन्दप्रसाद ज्ञवाली, एएनए अमेरिकाका सल्लाहकार प्रभात दीक्षितलगायतले लुम्बिनीसँग सम्बन्धित भ्रमहरू चिर्दै पर्यटकको बसाइअवधि लम्ब्याउनुपर्ने बताउनुभयो ।

बैठकले बुद्धपरिपथको अन्र्तराष्ट्रियस्तरमा प्रचार, पर्यटन प्रवर्द्धन, विकास र सहयोग आदान–प्रदान गर्न अन्तर्राष्ट्रियस्तरको समन्वय र सहजीकरण गर्न युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), आइसिसी, एनआरएनए, एएनए, युएसए, नेपाली समाज टेक्सास युएसए, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, इन्द्रेणी सांस्कृतिक सङ्घ टेक्सास, लुम्बिनी सेवा समाज टेक्सासलगायतका संस्थाका पदाधिकारीलाई अनुरोध गर्ने सहमति भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले जानकारी दिनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।