हेडको शतकीय पारीमा अष्ट्रेलियालाई विश्वकपको उपाधि

काठमाडौँ : अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको हो । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार भारतले प्रस्तुत गरेको दुई सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले चार विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो । अष्ट्रेलियाको जीतमा ट्राभिस हेडले एक सय ३७ रनको शतकीय पारी खेले । उनलाई मार्नुस लबुसेनले साथ दिए । लबुसेनले अविजित ५८ रन बनाए । साथै मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन स्मिथले चार र ग्लेन म्याक्सवेलले अविजित दुई रन बनाए । भारतका लागि जसप्रित बुमराहले दुई र मोहम्मद शामी र मोहम्मद सिराजले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ । उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए । साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ/नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई÷दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक/एक विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।