“तेस्रो पाख्रीबास कप” को दोस्रो दिन, पहिलो खेलमा प्रकाशपुर फुटबल क्लब सुनसरी विजयी
धनकुटा । धनकुटाको पाख्रिबासमा हिजोबाट “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडको आयोजनामा “तेस्रो पाख्रीबास कप फुटबल” संचालन भइरहेको छ ।
आज प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल समूह”ख” अन्तर्गतका मुनलैण्ड फुटबल क्लब झापा,प्रकाशपुर फुटबल क्लब सुनसरीका बीच सम्पन्न भएको छ ।
खेलको पहिलो हाफमै मुनलैण्ड फुटबल क्लब झापा बिरुद्द १ गोलले अग्रता लिएको प्रकाशपुर फुटबल क्लब सुनसरीले खेलको दोस्रो हाफमा कुनै टीमबाट गोल हुन नसकेपछि प्रकाशपुर एफसी विजयी भएको हो ।
आजै दोस्रो खेल समूह”क” तर्फका एपिएफ पकाली र विराटनगर सिटी फुटबल क्लवका बिच हुनेछ ।
प्रतियोगितामा आयोजक टीम युथ युनाइटेड,मछिन्द्र एचडी तेह्रथुम,एपिएफ पकाली,विराटनगर सिटी फुटबल क्लव,मरिक फुटबल क्लव धरान,धनकुटा फुटबल क्लव,मुनलैण्ड फुटबल क्लब झापा,प्रकाशपुर फुटबल क्लब सुनसरी गरि जम्मा ८ टीमको सहभागिता रहेको छ ।


