कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा

देउखुरी (दाङ), ८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपोन्मुख कुसुन्डा जातिको भाषा तथा संस्कृतिको संरक्षण, उजागर एवं विकासमा सबैले हालेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार गरिएको वृत चित्रको आज बिमोचन गर्दै सरकारका प्रवक्ता एवं मन्त्री शर्माले कुसुन्डा भाषाको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको हातेमालाबाट संरक्षणमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री शर्माले लोप हुन लागेका भाषा संरक्षण गरेर पछिल्लो पुस्तामा हस्तान्तरण गर्न सहयोग गरेको भन्दै अनुसन्धानकर्ता उदय आलेलाई धन्यवाद दिनुभयो । “भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गरेमात्र यो जीवित रहन्छ,” उहाँले भन्नुभयो ।

लोपोन्मुख कुसुन्डा भाषा संरक्षणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले कुसुन्डा भाषाको पूर्ण वक्ता ज्ञानीमायाको मृत्युपश्चात् अर्का पूर्ण वक्ता कमला सेन खत्रीले भाषालाई बचाइराखेको कारणले गर्दा भाषा जीवित रहेको र यो भाषालाई संरक्षण गर्न पछिल्लो पुस्ता तयार भएको देख्दा खुसी लागेको बताउनुभयो ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लोप हुन लागेको भाषा संरक्षणमा लागेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले लोप हुन लागेका भाषासंस्कृति संरक्षणका लागि स्थानीय तहले सहयोग प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुसुन्डा भाषाको अनुसन्धानकर्ता उदयराज आलेले २०७८ को जनगणनामा दुई सय ५३ उल्लेख गरिए पनि नेपालभरमा वास्तविक सङ्ख्या एक सय ६२ जना रहेको बताउनुभयो । कुसुन्डा भाषाको महत्त्व बुझाउन जरुरी रहेको बताउनुभयो । अन्य भाषामा बाबुआमाले छोराछोरीलाई सिकाउने प्रचलन रहेको छ भने कुसुन्डाको बच्चाले आफ्नो भाषा सिकेर बाबुआमा वा घरपरिवारलाई सिकाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

नेपाल सरकारको सहयोग चार चरणमा कुसुन्डा भाषाको दाङको घोराही उपमहानगरपालिका–५ को महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरेर कुसुन्डा समुदाय र गैर कुसुन्डाले पढ्न र लेख्न र बोल्न सक्ने भएका छन् ।

अनुसन्धानकर्ता उदयराज आलेले भाषा संरक्षणका लागि चारवटा पाठ्य पुस्तक तयार गर्नुभएको छ । कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले भाषा संरक्षणका लागि नेपाल सरकारले सहयोग गरेकाले पछिल्लो पुस्ताले पढ्ने सक्ने भएको बताउनुभयो । उहाँले कुसुन्डा भाषाका नागरिक छरिएरभन्दा एकै स्थान बसोबास गर्ने वातावरण भयो भने अझ राम्रो हुने बताउनुभयो ।

अनुसन्धानकर्ता आलेले पाँच वर्ष लगाएर तयार पार्नुभएको कुसुन्डा समुदायको वेशभूषा, भाषा, संस्कार, संस्कृति र रहनसहन समेटिएको १९ मिनेटको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।