“तेस्रो पाख्रीबास कप २०८०” , आयोजक युथ युनाइटेड फाइनलमा प्रबेश

धनकुटा । धनकुटाको पाख्रिबासमा मंसिर ६ गतेबाट “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडको आयोजनामा संचालन भइरहेको “तेस्रो पाख्रीबास कप फुटबल” मा आज सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

भर्खरै सम्पन्न आजको दोस्रो सेमिफाइनल खेलमा आयोजक टीम युथ युनाइटेड एपीएफ पकालीलाई ०-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको छ ।

खेलको पहिलो हाफमा दुबै टीमबाट कुनै गोल हुन नसकेपनि दोस्रो हाफमा आयोजक टीमले एपीएफ पकालीका बिरुद्द १ गोल गर्दै निर्णयक गोल गरेको थियो ।

प्रतियोगिताको अन्तिम दिन भोलि पाख्रीबास कप २०८० का लागि आयोजक टीम र धनकुटा फुटबल क्लवका बीच प्रतिष्पर्धा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।