माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

जुम्ला, १३ मङ्सिर : जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।

प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन तथा जुम्ला एक सय ३२ केभी सबस्टेसन निर्माण र जुम्ला तथा आसपासका जिल्लामा विद्युतीकरण विस्तार गर्ने तयारी गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुम्लामा राष्ट्रिय प्रसारण लाइनको विस्तार भइसकेको जानकारी दिनुभयो ।

“नियमितरूपमा विद्युत् सेवा प्रवाह गर्न अति आवश्यक छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “जुम्लासम्म थप एक सय ३२ केभी प्रसारण लाइन विस्तार गर्न प्राधिकरण रातदिन लागिपरेको छ । यहाँका उपभोक्ताले केही वर्षपछि ढुक्कसँग विद्युत् बाल्न पाउनुहुनेछ ।”

हाल निर्माणाधीन सुर्खेत–दैलेख एक सय ३२ केभी प्रसारण लाइनको काम हुँदै गरेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । जुम्लामा सबस्टेसन निर्माण हुने ठाउँ तथा सबस्टेसनसँग जोडिने लाइनहरू र प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्नुको उद्देश्य र महत्वबारे कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

जुम्लाका सङ्घीय सांसद ज्ञानबहादुर शाहीले जुम्लाको विद्युत् विस्तारलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै क्षेत्रमा विद्युत् सेवा प्रवाह हुन सकेको छैन ।

जुम्लासम्म एक सय ३२ केभी प्रसारणलाइनको विस्तार कार्य अगाडि बढाउन प्राधिकरणलाई ध्यानाकर्षण गरेको सांसद शाहीको भनाइ छ । कर्णालीमा ऊर्जा क्षेत्रमा लगानी गर्ने निजी क्षेत्रदेखि विभिन्न दातृ निकायलाई सांसद शाहीले अनुरोध गर्नुभयो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्याले नाममात्रको विद्युत् भएकाले नियमित रुपमा विद्युत् सेवा प्राधिकरणले दिन नसकेको गुनासो गर्नुभयो । जुम्लाका आठवटै स्थानीय तहका गाउँगाउँसम्म राष्ट्रिय प्रसारण लाइन अझैसम्म पुग्न नसकेको चन्दननाथ नगरपालिकाप्रमुख राजुसिंह कठायतको भनाइ छ ।

प्राधिकरणको केन्द्रीय कार्यालयको टोलीसँग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंकका प्रतिनिधिहरुले जुम्लाको ऊर्जा क्षेत्रमा लगानी र सम्भावनाबारे यहाँका सरोकारवालासँग छलफल गरेका थिए ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।