लैंगिंक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न निर्देशन

तेह्रथुम , मंसिर १३ । सामुदायिक साझेदारी कार्यक्रम तथा लैंगिंक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी रुपमा संचालन गरी दुर दराजमा रहेका नागरीकहरुमा सचेतना बृद्धी हुने गरी कार्यक्रम संचालन गर्न कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले निर्देशन दिनु भएको छ ।

आज जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमणको क्रममा कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु हुँदै वहाँले उक्त कुरा बताउनु भएको हो ।

निर्देशनको क्रममा वहाँले आम नागरिकहरुको सुरक्षार्थको निम्ति प्रहरी अहोरात्र खटिई बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्न, समय समयमा छोटो तथा लामो गस्ती निकाली अपराधिक गतिबिधिहरु हुन गर्न नपाउने गरी सुरक्षा ब्यवस्था मिलाउन, प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न समेत निर्देशन दिनु भयो ।

यसका साथै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले तेह्रथुम जिल्लामा रहेका पुर्व प्रहरी कर्मचारीहरुसंग भेटघाट गरी छलफल तथा अन्तक्रिया समेत गर्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।