गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडानका लागि विशेष प्रयास गरिने

काठमाडौँ, १७ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँगसँग आज मन्त्रालयमा मन्त्री किरातीले सो विमानस्थलमा अन्तरराष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको रु पाँच लाख प्रोत्साहनस्वरुप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भैरहवा र पोखराबाट अन्तरराष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी हामी लागिरहेका छौँ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ।”

मन्त्री किरातीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताउनुभयो । “हामीसँग जहाज कम छन् तर भैरहवा र पोखराबाट उडान नगरी हँुदैन । त्यसका लागि हामी तयार छौँ, तपाईंहरुजस्तो पर्यटन व्यवसायीले सकारात्मक सहयोग गर्नुहोस् ।”

उहाँले राज्यको ४३ अर्बभन्दा बढी लगानी भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल र त्यही विमानस्थल देखेर ६५÷७० अर्ब लगानी गरेको निजी क्षेत्रका बारेमा सरकार चिन्तित रहेको समेत बताउनुभयो ।

मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तरराष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक सञ्जीव जोशीले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गर्नुभयो ।

नाट्टा लुम्बिनीका तर्फबाट नौबुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमको जहाजले थालनी गर्नुपर्नेमा जोड दिनुभयो । अधिकारिले भन्नुभयो, “नेपाल वायुसेवा निगमको जहाज भैरहवा– दिल्ली, भैरहवा–काठमाडौँ सुरु गराउनूस् हामी सिट भरेर पठाउँछौँ ।”

नाट्टा लुम्बिनीको प्रतिनिधिमण्डलले आज नै नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई समेत ज्ञापनपत्र बुझाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।