झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

झापा, १८ मङसिर : झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ ।

सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा-७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन गर्नुभयो ।

बाहिनीपति पोखरेलले कोशी प्रदेशमा पहिलोपल्ट नेपाल-भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको बताउनुभयो । उहाँले कोशी प्रदेशभर भारतसँगको चार सय ३० किलोमिटर लामो खुला सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो ।

नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमति छ । भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अङ्कका सीमा स्तम्भहरुको मर्मत सम्भार पहिल्यै गरिसकेको छ ।

झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अङ्क भएका तीन सय १७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरी बलको २ नं गण भद्रपुरका गणपति देबराज अर्यालले बताउनुभयो । मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरुको पुनःस्थापना र सबै स्तम्भको रङगरोगन गरिने उहाँले बताउनुभयो ।

झापासँग जोडिएको भारतीय सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र आज मर्मत सम्भार सुरु भएको सतिघ्ट्टादेखि उत्तरतर्फ इलामसम्मको सीमा स्तम्भहरु भने हाल मर्मत सम्भार नगरिने उहाँले जानकारी दिनुभयो । उक्त क्षेत्रका कतिपय सीमा स्तम्भहरु मेची नदीको बाढीले हराएका वा पुरिएको अनुमान गरिएको छ ।

नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । सतिघट्टा हुँदै दक्षिणतर्फका सबै सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न आजैदेखि प्राविधिक टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।

नेपाल–भारत सीमानाको दशगजा क्षेत्र खाली गर्ने कार्य हाल समेत भइरहेको छ । झापा जिल्लामा रहेको सीमानाको ५५ स्थानमा स्थानीयद्वारा दशगजा अतिक्रमण भएको सरकारी तथ्याङ्क छ । दशगजामा स्थानीयबासीले कतिपय स्थानमा घर निर्माण गरेका छन् भने अधिकांश अतिक्रमित स्थानमा खेतीपाती छ । केही स्थानमा सडक र कुलो पनि रहेको छ ।

हालसम्ममा झापाको सीमा क्षेत्रमा ३७ स्थानको अतिक्रमण हटाएर दशगजा खाली गरिएको छ भने बाँकी १८ स्थानमा हटाउन स्थानीयबासीलाई म्याद दिइएको छ । “केही स्थानमा घर बनाएर बसोबास समेत गरिएको पाइएको हुँदा हटाउन म्याद दिइएको हो”, गणपति अर्यालले भन्नुभयो, “दशगजामा सीमा स्तम्भको वारी ३० फिट र पारीतर्फ ३० फिट खाली गर्नुपर्ने दुवै देशबीचको सहमति छ । हामी नेपालतर्फको खाली गराउँछौं । भारतीय पक्षले उतातिरको खाली गराउँछन् ।”

सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार शुभारम्भ गरेको कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति थियो ।
-रासस

खैर, यदि तपाईं क्यानाडाबाट हुनुहुन्छ भने, आइस क्यासिनो अनलाइनमा खेल्न स्वतन्त्र महसुस गर्नुहोस्! Ice Casino अनलाइन क्यानाडामा एक आकर्षक खेलका स्वर्ग हो जसमा क्यासिनो खेलको उत्सव महान सफो सँग मिल्दैछ। यसको आकर्षक डिजाइन र विभिन्न प्रकारका खेलको बढी मात्र चयनले खेलाडीहरूलाई आपको प्रविष्ट राख्दैछ र मनोरञ्जन प्रदान गर्दैछ जुन अरूसँग कुनै कुरा पनि नभएको छैन। क्यानाडियन खेलाडीहरूले उनीहरूको घरको आराममा विभिन्न प्रकारका स्लट, टेबल खेल र लाइभ डिलर विकल्पहरूको आनन्द लिन सक्दैन। यसले मात्र एक क्यासिनो होइन; यस एक डिजिटल दिव्य जगत हो जसमा प्रत्येक पर्खन र प्रत्येक कार्ड डिल्टका साथ ठुलो जितको आश्वासन ल्याउँछ। क्यानाडाको Ice Casino पूरा गर्दैछ, यो क्यासिनो खेलको रोमाञ्चलाई क्यानाडाको प्राकृतिक सौन्दर्यसँग मिलाएको छ, यसले मनोरञ्जन र सैरका लागि आफ्नो ठाउँ पार्टी पार्टी खोज्दै रहेका खेलाडीहरूको लागि आदर्श छ – https://ice-casino.ca/

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।