महिला हिंसा विरुद्धको सोह्रदिने अभियानः ‘अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छ’

महेन्द्रनगर (कञ्चनपुर), २४ मङ्सिर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक बिनु शाही प्रायः दिनहँु घरेलु तथा लैङ्गिक हिंसाका उजुरी हेर्दै व्यस्त हुनुहुन्छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लामा दातृ निकाय एवं सरोकारवाल निकायले सचेतनामूलक कार्यक्रम, गोष्ठी गरिरहँदा जिल्ला प्रहरी कार्यालय महिला सेलमा भने हिंसाका उजुरी नआएको दिन छैन ।

“प्रायः दिनहुँ आइरहेका घटनामा घरेलु हिंसामा कुटपिट र लैङ्गिक हिंसा महिला तथा पुरुषहरू बाहिर सम्बन्ध राखेका, सामाजिक सञ्जालमार्फत अन्यत्र सम्बन्ध रहेकालगायतका घटना आइरहन्छन्”, उहाँले भन्नुभयो “सोह्रदिने अभियानका क्रममा घरेलु हिंसाका पाँच र लैङ्गिक हिंसाका तीन उजुरी परेका छन् ।”

उहाँले उजुरी परेकामध्ये पाँचवटा मिलापत्र र तीनवटामा कारबाही गरिएको बताउनुभयो । “सामाजिक सञ्जालमा पनि लैङ्गिक हिंसाका घटना बढ्दै गएको देखन्छि”, प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “कतिपय अवस्थामा युवाहरूले युवतीको विवाहपश्चात पनि फोटो, भिडियो परिवारसम्म पुर्याएर घटना घटाइरहेको अवस्था छ ।”

उहाँले घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिने गरेको बताउनुभयो । “पारिवारिक सम्बन्ध बिग्रिने कुराले पनि परिवारका सदस्य यहाँ आएर मिलापत्रमै उजुरी टुङ्ग्याउन चाहन्छन्”, उहाँले भन्नुभयो, “कतिपय अवस्थामा जोहेरवालाको मागअनुसार कारबाही प्रक्रिया पनि अघि बढाएका छौँ ।”

उहाँले युवा पुस्तामा साइबर क्राइमका मुद्दा बढिरहेको बताउनुभयो । “घटना प्रहरीमा पुगेपछि परिवारकै सदस्यहरू आएर टुङ्ग्याएर जान्छन्”, उहाँले भन्नुभयो, “परिवारका सदस्यहरू पीडकलाई एक–दुई दिन थुनामा राख्नमै बढी उद्यत हुन्छन् ।”

त्यसैगरी माइती नेपाल कञ्चनपुरमा कार्यरत कर्मचारी गीता डगौंराले महिला हिंसा उजुरी अभियानका क्रममा पनि नरोकिएको बताउनुभयो । माइती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा १६ दिने अभियानका क्रममा सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ । महाकाली नदीमा अवस्थित चार लेनको पक्की पुल क्षेत्रमा आयोजना गरिएको सचेनामूलक कार्यक्रममा दोधारा चादँनीका जनप्रतिनिधि र सुरक्षा निकयको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।