कोशी प्रदेशसभा बैठक

विराटनगर, २४ मङ्सिर : कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव सदनमा पेस गर्नुभएको थियो ।

कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १०५ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि न्याय तथा प्रशासन समितिबाट छलफल भई आएको समितिका ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले बताउनुभयो ।

शून्य समय

कोशी प्रदेशसभा सदस्य हाजी इसराइल मन्सुरीले सुनसरीको बर्जु गाउँपालिका–१ गोपी चोकस्थित रामजानकी मन्दिरको नौ कठ्ठा जग्गा तत्कालीन मन्दिर व्यवस्थापन समितिका अध्यक्षले हिनामिना गरेकाले निजउपर आवश्यक कारबाही गर्न प्रदेश सरकारसँग माग गर्नुभयो ।

सदस्य कमला दर्नालले मोरङको उर्लाबारी नगरपालिकाका ६२ वर्षीया शोभा सुन्दासलाई विराटनगरस्थित जागृति आश्रममा दलितका कारण दुव्र्यवहार गरिएकाले आश्रम सञ्चालकालई कारबाही गर्न माग गर्नुभयो ।

सदस्य किशोरचन्द्र दुलालले समाजलाई उत्रत बनाउन सामाजिक र आर्थिक रुपान्तरण जस्तै सांस्कृतिक रुपान्तरण गर्न जरुरी रहेको चर्चा गर्नुभयो ।

सदस्य गीता तिमल्सेनाले मोरङको बेलबारी क्षेत्रमा जङ्गली हात्तीले जनधनको क्षति गरिरहेकाले यसबाट बच्न र बचाउन सरकारले वैकल्पिक सोच बनाउनुपर्ने धारणा राख्नुभयो ।

सदस्य गोपालबहादुर विश्वकर्माले मुलुक गणतन्त्रमा पसिसक्दा पनि दलित भनेर हेला गर्ने र विभेद गर्ने सनातन सोच बदल्न दलित अधिकार ऐन ल्याउन सरकारसँग माग गर्नुभयो ।

सदस्य जयप्रकाश चौधरीले स्वतन्त्र, समानता र न्यायका लागि प्रदेश सरकारले दलित अधिकार ऐन ल्याउन विलम्ब गर्न नहुने धारणा व्यक्तगर्नुभयो । सदस्य मीना श्रेष्ठले रानीदेखि किमाथाङ्का सडक मार्गमा सुनसरीको तरहरादेखि माथि चाकोशे झाडीमा अहिले पनि सडक अलपत्र भएकाले छिटो निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का सदस्य रोहितबहादुर कार्कीले प्रदेश सरकारले मदरसा शिक्षालाई व्यवस्थित बनाउन माग गर्नुभयो ।

सदस्य लीलाबल्लभ अधिकारीले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित नेपाली शब्द कोषमा सतार जातिका विषयमा गरिएकोे परिभाषा गलत भएकाले यसलाई अविलम्ब सच्याउन माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ः३० बजे बस्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।