धरानमा प्रथम एन्फा प्रेसिडेन्ट कपको तयारी अन्तिम चरणमा

धरान : धरानमा हुने प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा यही मङ्सिर २७ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । प्रतियिगिताको फाइनल खेल आगामी पुस ६ गते हुने आयोजक सङ्घले जनाएको छ । धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरिका १० टिमको सहभागिता रहने आयोजक कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताउनुभयो ।

धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले भन्नुभयो, “कोशी प्रदेश फुटबल सङ्घले सुरु गरेको प्रथम प्रेसिडेन्ट कप यु–१५ फुटबल प्रतियोगितालाई भविष्यको वल्र्ड कपको तयारीका रुपमा अघि सारेका छौँ । हामीले भन्नै पर्ने भो कि अहिलेदेखि नै तयारी नगरे कहिले वल्र्डकपमा पुग्ने त ?”

उहाँले पछिल्लो समयमा कोशी प्रदेशमा सङ्घको वर्तमान कार्यसमिति आइसकेपछि चार खेलकुदका गतिविधि गर्दा अन्य प्रदेश र जिल्लामा फुटबलका गतिविधि शून्य रहेको बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्नुका उद्देश्यबारे जानकारी दिँदै उहाँले यु–१५ प्रेसिडेन्ट कप हेर्दा सानो र बजेट पनि थोरै भए पनि यसको उद्देश्य ठूलो भएको बताउनुभयो ।

नेपाली फुटबलको विकासका लागि निरन्तररुपमा खेलाडी उत्पादन गर्दै नेशनल टिमलाई बाह्रमास नै ट्रेनिङमा राख्नुपर्ने र क्लोज क्याम्पमा राखेर विभिन्न लिग सञ्चालन गर्न जरुरी रहेको आयोजक समितिले जनाएको छ ।

सङ्घले सञ्चालन गर्ने प्रतियोगितामा धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यू स्टार फुटबल क्लब बराह क्षेत्र, मोरङको उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद रु ५० हजारसहित ट्रफी हात पार्नेछ भने उपविजेताले नगद रु २५ हजार प्राप्त गर्नेछ । यसैगरी विभिन्न विधामा पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।