दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् मंसिर २७ गते बुधवारको राशिफल

श्री शाके १९४५ बि स २०८० मंसिर २७ गते बुधबार इश्वी सन २०२३ डिसेम्बर १३ तारीख मार्गशुक्ल पक्ष प्रतिपदा तिथी ज्येष्ठा नक्षत्र शूल योग किंस्तुघ्र करण चन्द्रमा वृश्चिक राशिमा पश्चात धनू राशिमा आनन्दादि योगमा ध्वांक्ष योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृर्तु – ज्यो.पं सरोज घिमिरे

मेष राशि -चु, चे,चो, ला, लि, लु, ले, लो, अ
खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गैर बिश्वसनिय कुराका पछी नलागेकै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राकारक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनहरुको साथ सहयोग आवश्यक रहनेछ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । पारीवारिक कलहमा बृद्यि हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वासले अपजसको योग निमत्याउन सक्नेछ । मध्यान पश्चात स्वास्थका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मीथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । शुभचिन्तकको साथ सहयोगमा बृद्यि हुनेछ । मध्यान पश्चात भने ब्यापार ब्यवसायको क्षेत्रमा सामान्य घाटा ब्यर्होनु पर्नेछ ।

कर्कट राशि- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा मन प्रशन्न रहनेछ । मध्यान पश्चात तपाईका कार्यका त्रुटिहरु केलाउन प्रतिपक्क्षीहरु हरसमय तत्पर रहनेछन ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । पारीवारिक साथ सहयोगमा बृद्यि हुनाले कार्य सम्पादनमा सहजता महसुस हुनेछ । मध्यान पश्चात मनोरञ्जन तथा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका नयाँ श्रोत हरु फेला पर्नाले मनमा प्रशन्नता छाउनेछ ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । तपाईका कार्यप्रतिका समर्थकहरुको बृद्यि हुनेछ । साधारण सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ ।

तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, तेर्
को योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । साधारण वाद विवादको चपेटामा फस्ने समय रहेकोले सजग रहनुहोला । मध्यान पश्चात मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ ।

बृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु
ब्यापार ब्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हुनेछ । मध्यान पश्चात भने भोजभतेरमा सरीक हुने अवसर जुट्नेछ । वाक चार्तुयताका कारण सबै ईष्ट मित्रजनलाई रीजाउन सकिनेछ । स्थीर सम्पतिमा गरीएको लगानि उत्तम रहेछ ।

धनु राशि- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । आत्मीय ब्यत्तिहरुबाट बिश्वास घात भएको महसुस हुनेछ । प्रीय मित्र हरु सगँको सम्बन्धमा तिक्तता आउनेछ । मध्यान पश्चात भने अधुराकार्य सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य मान सम्मान प्राप्तीको योग रहनेछ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आलस्यतालाई त्याग गरेमा आम्दानि उत्तम रहने सम्भाबना रहेकोछ । मध्यान पश्चात मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । स्वास्थमा देखापरेको सामान्य समस्यामा बृद्यि हुन सक्नेछ ।

कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, द
परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेछ । आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरु सगँको भेटघाटको योग बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । यात्रामा बिशेष सजग रहनु होला मध्यान पश्चात पारीवारिक साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता प्राप्त्त हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।