भोलि र पर्सि कोशी प्रदेश भरि यातायात बन्दको आव्हान

धनकुटा । भोलि र पर्सि कोशी प्रदेश भरि यातायात बन्दको आव्हान गरिएको छ ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बन्दको आव्हान गरेको हो ।


समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ:-


मंगसिर ३० र पुष १ गते प्रदेस न. १ भर यातायात बन्द आव्हान गरिएको छ । 
गोत्रीय नाम कोशी खारेजी र पहिचानको आधारमा पुन नामाङ्कनको आन्दोलन बिगत १० महिनादेखि चलिरहेको आम प्रदेशबासीहरुमा विदितै छ ।

हामी वार्ता, संवादको माध्यमबाट कमभन्दा कम क्षतिमा कोशी खारेजी र पुन नामाङ्कन होस भन्ने चाहान्छौ । 
कोशी नाममा हस्ताक्षर गर्ने ८२ प्रदेस संसद र ३ भाइलाई गाउ प्रवेस नगर्न चेतावनी दिदादिदै पनि हाम्रो मागलाई बेवास्ता गर्दै अवाञ्छित छुद्र व्यक्तिको नेतृत्वमा मध्ये पहाडी यात्राको नाममा जनताको भावनालाई कुल्चिने, दबाउने कोशिस भयो ।


कोशी खारेजी हुनुपर्छ भन्ने जनताको भावनालाई कदर गर्दै २०८० मंसिर २६ गतेदेखि मध्ये पहाडी मार्ग बिभिन्न चरणमा बन्दको आयोजना गरियो । कार्यक्रमलाई सफल पार्न निस्केका पूर्व संस्कृति मन्त्री गोपाल किराती (खोटाङबाट), मुख्यमन्त्री केदार कार्कीलाई कालो भण्डा देखाएको आरोपमा संघर्ष समिति झापाको संयोजक पाण्डप लाल चौधरी (झापा बिर्तामोडबाट), खोटाङ, भोजपुर, धनकुटा, तेर्हथुम, संखुवासभा, उदयपुर लगायतबाट ३५ जना नेताहरुलाई पक्राउ गरिएको छ, पक्राउ परेका नेताहरुलाई निसर्त छोडने भनिएता पनि आज तीन दिन बितिसक्दा छाड्नु को सट्टा झुटो मुद्दाहरु लगाउने धनकुटामा अपराधि झैं हतकडी लगाएर अमानबिय तरिकाले गिरफ्तार गर्ने, साथै कोशी नाम खारेजी गरि बार्ताको माध्यमबाट समस्या समाधान गर्न छाडेर गृह प्रसासन तथा सरकार थप दमनमा उत्रिएको कारणले बाध्य भएर यहि मंगसिर ३० गते देखि पुस १ गते सम्म प्रदेस न. १ भर यातायात बन्द घोषणा गर्न बाध्य भएका छौ । 


बन्दलाई सफल पार्न पहिचानवादी नेता, कार्यकर्ता सक्रिय रहन, शुभचिन्तक र यातायात ब्यबसायी लगायत सम्बन्धित सबैलाई सहयोग जारी राख्न आव्हान गर्दछौ ।


कार्यक्रमहरु


१) २०८० मंसिर ३० र पुष १ गते १ नं. प्रदेशभर यातायात बन्द ।


२) यति गर्दा पनि कोशी नाम खारेजी बारे प्रदेश सभा र सरकारले पहल गर्न तथा नेताहरुलाई नछाडे अनिश्चितकालीन आम हड्ताल घोषणा गर्न बाध्य हुनेछौ ।


३) पूर्ब घोषित लेगुवाघाट – चिवाभञ्ज्याङ बन्द लगायतको कार्यक्रम निरन्तर रहने । 
प्रदेश नाम ‘कोशी’ खारेज गर ! प्रदेश नाम ‘कोशी’ – मुर्दावाद ! सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् । पहिचानको आधारमा प्रदेश नं. १ को – पुनः नामकरण गर ! 


मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।