धनकुटाका किसान सुन्तला बेचेर लाखौँको कमाई गर्दै

धनकुटा । धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् ।

नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् । अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी देखिएको छ ।

यहाँ नागरिकको मुख्य पेसा नै सुन्तला खेती भएकाले गाउँका प्रत्येक घरले वार्षिक लाखौँ कमाउने गरेको माथिल्लो सिप्तेन गाउँका राजीन राईले जानकारी दिनुभयो । गाउँमा प्रत्येक घरले चार देखि १५ लाखसम्म कमाइ गरेको देखेर आफूहरुले पनि सङ्गोलमा रहेको १३ रोपनी पूर्खेउली जमिनमध्ये सात रोपनीमा सुन्तला खेती विस्तार गरेको राईले जानकारी दिनुभयो ।

“हाम्रो त बगैँचामा हुर्किदैछ । पुरानो आठ÷१० बोट बेचर वर्षमा एक लाखसम्मको बेच्ने गरेका छौँ”, राईले भन्नुभयो, “गाउँमा चार लाख, सात लाख १५ लाखसम्म कमाउनेछन् ।” राईका अनुसार माथिल्लो सिप्तेन गाउँका किसान व्यावसायिक सुन्तला खेतीमा आवद्ध छन् ।

सोही गाउँमा २०५९ सालदेखि २६ रोपनीमा सुन्तला खेती गर्दै आउनुभएका राजु कट्टेलले वार्षिक सात लाखभन्दा बढीको सुन्तला बेच्दै आएको जानकारी दिनुभयो । हालसम्म बगैँचा विस्तारकै क्रममा रहेकाले आगामी दिनमा वार्षिक १५ लाख बढी कमाइ गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै वडाको तल्लो सिप्तेन गाउँमा २०२४ सालदेखि सुन्तला खेती गर्दै आउनुभएका जीतेन्द्र राईले यो वर्ष ४० देखि ५० लाखको सुन्तला बेच्ने जानकारी दिनुभयो । पच्चीस रोपनीबाट हाल ४० रोपनीमा सुन्तला खेती गर्दै आउनुभएका राईले सिजनअनुसार दैनिक तीन देखि १२ जनालाई रोजगारसमेत दिँदै आएको जानकारी दिनुभयो । गतवर्ष २१ लाखको सुन्तला बेच्नुभएका राईले भन्नुभयो, “यो वर्ष पोहोरको तुलनामा सुन्तला बढी फलेकाले ४० लाख बढीको बेच्ने सोचमा छु ।”

विसं २०५२ देखि सुन्तला तथा फलफूलको व्यापार समेत गर्दै आउनुभएका राईले गाउँभरी सुन्तला खेती र व्यापारिक चहलपहलका कारण हाल गाउँमा करिब एक सयको हाराहारीले व्यापार सिकेर स्वरोजगार बनेको पनि जानकारी दिनुभयो । सुन्तला बेचेरै हाल २५ रोपनीबाट ७० रोपनी जमिन जोडेको बताउने राईले तल्लो सिप्तेनको लाँकुरे, शिलिङ्ग्वा गाउँका करिब ७० घर व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको जानकारी दिनुभयो ।

अहिले सिप्तेन गाउँको प्राय हरेक घरमा सुन्तलाको नर्सरी र बगैँचाले भरिभराउ छन् । पाँच सय पाँच घरधुरी भएको यस वडामा करिब दुई सय ५० किसान व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार यस वडामा सुन्तला बेचेर वार्षिक दुई करोडको हाराहारीमा नगद भित्रने गरेको जानकारी दिनुभयो । अहिले धनकुटामा सुन्तलाको खुद्रा मूल्य प्रतिकेजी रु ५० देखि एक सय ५० सम्म रहेको छ ।

जिल्लाको सात वटै स्थानीय तहमा खोकु स्थानीय र धनकुटा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जिल्लामा सबैभन्दा बढी सहिदभूमि गाउँपालिका, धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा सुन्तला खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८९/८० मा दुई हजार आठ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष हावापानी अनुकूलन भएकाले १५ प्रतिशतसम्म उत्पादन वृद्धि हुने रानाले जानकारी दिनुभयो । हाल आठ सय ७७ हेक्टरमा सुन्तलाखेती रहेको धनकुटामा पाँच सय एक हेक्टरले उत्पादन दिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖