सुशासन प्रवर्द्धन एवं सेवा प्रवाह सरकारको प्राथमिकतामा :मन्त्री शर्मा

धरान (सुनसरी), ७ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन पवर्द्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सुनसरीले आज धरानमा आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता भए पनि संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई नभएको बताउनुभयो ।

मन्त्री शर्माले वर्तमान सरकारले जनताका अपेक्षाअनुरुप काम गरिरहेको बताउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन चाँडो टुङ्ग्याइने जानकारी दिनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सबै दलसँग सहकार्य, सहमति र छलफल गरेर टुङ्ग्याइने बताउनुभयो ।

मन्त्री शर्माले सञ्चार क्षेत्रमा पनि अन्य व्यापार व्यवसायमा जस्तै आर्थिक सङ्कट देखिएको भन्दै सञ्चार क्षेत्रलाई छुट दिने सोचमा सरकार रहेको बताउनुभयो ।

त्यसअवसरमा पत्रकारहरूले पत्रकार प्रज्ञाप्रतिष्ठान गठन गर्न माग गर्दै मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।