अध्यक्ष ढकाल गृहजिल्लामा सम्मानित

बलेवा (बागलुङ), ११ पुस : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित हुनुभएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गर्नुभएको हो । बागलुङ उद्योग बाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो ।

आइएमई ग्रुपका अध्यक्षसमेत रहनुभएका ढकालले व्यावसायीक क्षेत्रमा पाएको सफलताले बागलुङको चिनारी थप विस्तार भएको भन्दै उहाँलाई सम्मान गरिएको हो । सामान्य परिवारमा जन्मिनुभएका अध्यक्ष ढकालले लामो समयको अथक मेहनतपछि व्यावसायीक क्षेत्रमा सफलता प्राप्त गर्नुभएको हो । अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान अमूल्य रहेको उल्लेख गर्दै महोत्सव आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ढकालसँगै बागलुङका अर्का व्यवसायी अशोक शेरचनलाई पनि सम्मान गरिएको छ । शेरचन प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँहरु दुवैजनाले बैंकिङ लगायतका क्षेत्रमा लगानी गर्नुभएको छ । बागलुङ महोत्सवको सुरुआतदेखि अहिलेसम्मका महोत्सव सञ्चालन गर्न योगदान दिएका पूर्व अध्यक्षहरुलाई पनि सङ्घले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सहदेव राजभण्डारी तथा पूर्व अध्यक्षहरु क्रमशः ध्रुवराज गौतम, बसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी रहनुभएको छ ।

कोरोना सङ्क्रमणका कारण बागलुङ महोत्सव चार वर्षपछि आयोजना गरिएको हो । आजदेखि सुरु भएको महोत्सव यही पुस २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।