धनकुटामा गायक कृष्णभक्त राई र गायिका जुनी खालिङ राईको साङ्गीतिक कार्यक्रम हुने

धनकुटा । धनकुटामा गायक तथा सङ्गीतकार कृष्णभक्त राई र गायिका जुनी खालिङ राईको साङ्गीतिक कार्यक्रम हुने भएको छ ।

लोक तथा आधुनिक गीतमा चिनिएका गायक कृष्णभक्त र गायिका जुनीले धनकुटामा आयोजना हुने कार्यक्रम ‘गीत गुञ्जन २०८०’मा सांगीतिक प्रस्तुति दिने भएका हुन् । हाम्रो बहुमुखी पाठशालाको आयोजनामा यहि पुस १९ गते बिहिबार सांगीतिक कार्यक्रम हुने भएको हो । धनकुटा ७ स्थित हाम्रो बहुमुखी पाठशालाकै खेल मैदानमा हुने कार्यक्रममा गायक गायिकाले दर्जन भन्दा बढी गीतहरु गाउने छन् ।

गायिका जुनीले धनकुटामा रहेर लोक तथा आधुनिक गीत सार्वजनिक गरिरहेकी छन् । उनले आफ्ना गीतहरु युट्युब च्यानल मार्फत सार्वजनिक गर्ने गरेकी छन् । उनले गायक तथा सङ्गीतकार कृष्णभक्तसँग सहकार्य गरेर गीत गाएकी छन् । उनले यो कार्यक्रम धनकुटामै पहिलो पटक लाईभ बाजागाजा सहित गर्न लागिएको बताईन् ।

कार्यक्रम भव्य हुने र त्यसका लागि सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको उनको भनाई छ । उनी भन्छिन्, ‘लोक तथा आधुनिक गीत सङ्गीतलाई माया गर्नेहरुले कार्यक्रमलाई भव्य बनाउन सहयोग गरिरहनु भएको छ ।’-एचआरन्यूजको सहयोगमा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖