धनकुटामा मत्स्य नर्सरी स्थापना हुँदै

धनकुटा : व्यावसायिक माछापालनलाई टेवा दिने उद्देश्यले यस वर्षबाट धनकुटामा मत्स्य नर्सरी केन्द्र स्थापना गरिने भएको छ ।

कोशी प्रदेशको लगानीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले माछाको भुरा विकास केन्द्रको स्थापना गर्न लागेको हो । केन्द्रको स्थापनाले जिल्लाका किसानलाई माछाका भुरा लिन तराईका जिल्ला जानुपर्ने बाध्यताको अन्त्य हुने कार्यालयका निमित्त प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

“नर्सरीमा ह्याचरीबाट माछाका साना भुरा ल्याएर यहाँको वातावरण अनुकूलन बनाएर वितरण गरिनेछ”, उहाँले भन्नुभयो । केन्द्रको स्थापनाका लागि विज्ञको टोलीले जिल्लाका विभिन्न स्थानको सर्भेक्षण गरिरहेको ढुङ्गानाले जानकारी दिनुभयो । आधिकारिक तथ्याङ्क नभए पनि जिल्लामा खपत हुने ९० प्रतिशतभन्दा बढी माछा तराई र भारतबाट आपूर्ति हुने गरेको छ । त्यसका कारण जिल्लामा प्रशस्त माछापालनको सम्भावना रहेकाले केन्द्रको स्थापनापछि व्यावसायिक माछा उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने ढुङ्गानाको भनाइ छ ।

प्रदेश सरकारको रु पाँच लाखको लागतमा भुरा नर्सरी स्थापनाका लागि आवेदन खुला गरिएको केन्द्रका अधिकृत पुष्प दाहालले जानकारी दिनुभयो । माछाको भुरा उत्पादन केन्द्रबाट जिल्लाभरिका माछापालक किसान लाभान्वित हुने दाहालले जानकारी दिनुभयो । हाल जिल्लामा तीन कार्प र एउटा रेन्बो ट्राउट माछा फार्म रहेको दाहालले जानकारी दिनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।