‘फिल्म युनिटको सुझावपछि अमेरिका आएँ’-रेखा

काठमाडौँ । अभिनेत्री रेखा थापा अहिले अमेरिका छिन् । पहिलो सन्तानलाई जन्मदिन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । यहीबिचमा उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘उपहार’ फागुन २५ गतेबाट प्रदर्शनमा आउँदै छ । त्यसैले अमेरिकाबाटै उनले फिल्मको प्रचार गरिरहेकी छन् ।

यस्तैमा रेखाले अमेरिकामा एक अन्तवार्ताका क्रममा ‘उपहार’ अहिले बजारमा आएको भन्दा भिन्न रहेको दाबी गरेकी छन् । ‘म ग्यारेन्टी गर्छु कि ‘उपहार’ले मन तृप्त बनाउँछ’, उनले भनिन् ‘बल्ल फिल्म हेरियो भन्ने लाग्नेछ ।’ उनले नेपाली फिल्म राम्रो बनिरहेको र तिनमा पनि आफ्नो राम्रो भएको बताएकी छन् ।

सन्तान जन्माउन उनी अमेरिका गएको विषयमा नेपालमा नेतादेखि सर्वसाधारणसम्मले विभिन्न टीकाटिप्पणी गरिरहेका छन् । फिल्म रिलिजको बेला धेरै नै चटारो र तनाव हुने र गर्भावस्थामा त्यो स्वास्थ्यका लागि राम्रो नहुने फिल्म टिमको सुझावपछि आफू अमेरिका आएको उनले बताएकी छन् ।

रेखाको निर्माण अभिनय रहेको ‘उपहार’ ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्ममा रेखाको अलवा पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाल, तेज गिरी, समर्पण जंग कार्कीलगायतको अभिनय छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖