धनकुटामा म्यूजिक फेस्टिवल हुने
धनकुटा । धनकुटामा फागुन ४ र ५ गते गते सम्म म्यूजिक फेस्टिवल हुने भएकाे छ ।
न्यू नवयुवा क्लबकाे आयाेजना फेस्टिवल हुन लागेकाे आयाेजक संस्थाले धनकुटामा पत्रकार संम्मेलन गर्दै जानकारी दिएकाे हाे ।
धनकुटाकाे समग्र क्षेत्रकाे विकास र पर्यटन प्रवर्दन गर्ने साथै संगितकाे माध्यम बाट युवाहरु लाई लागु आैषधका नकारातमक पक्षहरूका बारेमा जनचेतना अभिबृद्वि गर्न फेस्टिवल आयाेजना गर्न लागिएकाे कार्यक्रम संयाेजक रिदम श्रेष्ठले जानकारी दिनु भयाे ।
फेष्टिवलमा खानाका परिकारका स्टलहरु समेत रहने छन् । कार्यक्रम २१ लाख खर्च हुने अनुमान आयाेजकले गरेकाे छ । कार्यक्रम लाई ८ हजारले अवलाेक गर्ने समेत जनाइएकाे छ ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु सविन राई एण्ड द फेराे, फ्रि वर्ड कालीप्रसाद वास्काेटा लगायत विभिन्न व्याण्ड र डान्स सेन्टरकाे प्रस्तुति रहने जनाइएको छ ।


