यो एक बानी, जसले निम्त्याउँछ छिट्टै मृत्यु

एजेन्सी । खाना र पानी जस्तै मानिसको जिन्दगीमा निन्द्रा पनि एकदमै जरुरी छ । पछिल्लो समय विशेषज्ञहरुले पर्याप्त निदाउन सल्लाह दिने गरेका छन् । यसै सन्दर्भमा गरिएको एक अनुसन्धानले रातिमा अनिन्द्राको समस्या र कम समय सुत्ने मानिसमा डिमेन्शिया नामक रोग लाग्ने खतरा बढ्छ । यति मात्र होइन कम निन्द्राले मानिसको मृत्यु पनि छिट्टै आउने अध्ययनमा खुलासा भएको छ ।

हार्वर्ड मेडिकल स्कुलका मेडिसिन इन्स्ट्रक्टर रेबेका रोबिन्सनका अनुसार हरेक रात पूरा निन्द्रा निकै महत्त्वपूर्ण हुन्छ । यो हाम्रो न्युरोलोजिकल सिस्टमका लागि फाइदाजनक मानिन्छ । भने, लामो उमेरका लागि पनि रातभर निदाउन आवश्यक छ ।

विशेषज्ञका अनुसार अमेरिकामा मात्र होइन विश्वभर नै निन्द्रा, डिम्नेशिया र कयौं अन्य रोगहरु लाग्नु र छिट्टै मृत्यु हुनुका पनि कम निन्द्रा मानिन्छ । वल्र्ड स्लीप सोयायटीका अनुसार विश्वभरका ४५ प्रतिशत व्यक्तिका स्वास्थ्याका लागि कम निन्द्रा खतरनाक मानिन्छ ।

सामान्यतयाः हरेक रात कम्तिमा ७ देखि १० घण्टा निदाउन आवश्यक छ । यस्तै, युएस सेन्टर्स फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा हरेक तीन जनामध्ये एक जनाले ७ देखि १० घण्टा निदाउन सक्दैनन् ।

रिपोर्टका अनुसार अमेरिकामा ५ देखि ७ करोड मानिस स्लीप डिसअर्डर, स्लीप एपनिया, इन्सोनिया र रेस्टलेस लेग सिन्ड्रोम जस्ता बिरामीसँग जुधिरहेका छन् । यसलाई पब्लिक हेल्थ प्रोब्लम भनिन्छ । किनकी निन्द्रासँग मधुमेह, स्ट्रोक, कार्डियोभास्क्यूलर र डिमेन्शिया जस्ता समस्याहरु पनि जोडिएका हुन्छन् ।

जर्नल अफ स्लीप रिसर्चमा प्रकाशित एक अध्ययनले सन् २०११ देखि सन् २०१८ को बीचमा जम्मा गरिएका डाटाहरुको अध्ययन गरिएको थियो । जसमा अनिन्द्राको समस्या भएका धेरै व्यक्तिहरु रातभर चिन्तित रहन्छन् । रातभर चिन्तामा रहने ४४ प्रतिशत व्यक्तिमा मृत्युको जोखिम पनि बढ्छ । जसमा ५६ प्रतिशत व्यक्तिको मृत्यु छिट्टै हुने गर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।