गर्भनिरोधक चक्की खानुहुन्छ ? निम्त्याउन सक्छ पाठेघर–स्तन क्यान्सरको जोखिम

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर पछिल्लो समय विश्वभर नै महिलाहरूमा गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ । वर्षेनी यसका कारण लाखौं महिलाको ज्यान गइरहेको छ । नेपालमा पनि पाठेघरको मुखको क्यान्सरका बिरामी बढेका छन् । यसबारे सबै महिलाहरूले सावधानी अपनाउनु जरुरी छ ।

पाठेघरको मुखको क्यान्सर भनेको योनीसँग जोडिएको पाठेघरको हिस्सामा कोषिकाको अनियन्त्रित वृद्धिको हो । यो क्यान्सरको मुख्य कारक ह्युमन प्यापिलोमाभाइरस (एचपीवी)लाई मानिन्छ । यो भाइरस यौन सम्पर्कबाट फैलिन्छ । सामान्यतः हाम्रो प्रतिरक्षा प्रणालीले यो भाइरसलाई नष्ट गरिदिन्छ ।

तर प्रतिरक्षा क्षमता कमजोर भएका माहिलामा संक्रमण हुने र पाठेघरको क्यान्सर हुन जोखिम धेरै हुन्छ । गर्भनिरोधक चक्कीहरूको अत्यधिक सेवन गर्ने महिलाहरूलाई पाठेघर र स्तन क्यान्सर हुने जोखिम उच्च हुने हालै भएको एउटा अध्ययनले देखाएको छ ।

गर्भनिरोधक चक्कीले हुन सक्ने क्षतिहरूः

अवाञ्छित गर्भ रोक्न गर्भनिरोधक चक्कीको सेवन गरिन्छ । तर के यसको सेवनले क्यान्सरको जोखिम निम्त्याउन सक्छ ? अनुसन्धानकर्ताहरूले भर्खरै गरेको एक अध्ययनमा गर्भनिरोधक चक्कीको अत्यधिक सेवनले क्यान्सरको जोखिम बढाएको पाइएको छ । सानै उमेरदेखि गर्भनिरोधक चक्की सेवन गर्न थाल्ने महिलामा खतरा बढी पाइएको छ । कहिले गर्भनिरोधक चक्की सेवन नगर्ने महिलाको तुलनामा पाँच वर्ष वा सोभन्दा बढी समयसम्म चक्की सेवन गर्ने महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुने अनुसन्धानकर्तहरूले बताएका छन् ।

स्तन क्यान्सरको पनि बढ्न सक्छ जोखिम

यी चक्की ५ वर्षसम्म प्रयोग गर्दा पाठेघरको मुखको क्यान्सरको जोखिम १० प्रतिशतले र ५–९ वर्षसम्म प्रयोग गर्दा ६० प्रतिशतले जोखिम बढ्ने अध्ययनले देखाएको छ । अनुसन्धानले यो पनि भनेको छ कि गर्भनिरोधकको प्रयोग रोकियो भने यी जोखिम पनि घटाउन मद्दत मिल्छ ।

यी औषधिको अत्यधिक सेवन गर्दा पाठेघरको मुखको क्यान्सर बाहेक स्तन क्यान्सरको जोखिम पनि बढ्छ । गर्भनिरोधक चक्कीहरू नखाने महिलाका तुलनामा खाने महिलामा स्तन क्यान्सरको जोखिम सात प्रतिशत बढी देखिएको छ । यस अध्ययनमा अनुसन्धानकर्ताहरूले १ लाख ५० हजार भन्दा धेरै महिलाका डेटा विश्लेषण गरेका थिए । चक्कीको अत्यधिक सेवन गरे यो जोखिम २४ प्रतिशतसम्म बढ्न सक्ने पाइयो ।

अध्ययनमा के भेटियो ?

हाम्रो शरीरले प्राकृतिक रूपमा दुईवटा हर्मोन एस्ट्रोजेन र प्रोजेस्टेरोन उत्पादन गर्छ । केही क्यान्सर कोशिकाहरूमा यस्ता रिसेप्टर हुन्छन् जसले यिनीहरुलाई बढाउन यिनै हार्मोनको प्रयोग गर्छन् । गर्भनिरोधक चक्कीहरू यी हार्मोनका सिंथेटिक (प्रयोगशाला–निर्मित) रूप हुन् । यी चक्कीहरूले पाठेघरको कोशिकाहरूलाई यसरी बदलिदिन्छ कि एचपीवी संक्रमणप्रति यो झन् धेरै संवेदनशील भइदिन्छ । ५ वर्ष वा त्यो भन्दा बढी समयसम्म गर्भनिरोधक चक्की प्रयोग गर्ने माहिलाको कोशिकाहरू बढी संवेदनशील हुने अध्ययनले देखाएको छ ।

के भन्छन् स्वास्थ्य विज्ञहरू ?

दुवै प्रकारको क्यान्सरबाट बच्न सबै महिलाले सावधानी अपनाउनुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । एचपीवीको खोप पाठेघरको मुखको क्यान्सर र यसका जटिलताहरूबाट जोगिन मद्दत मिल्न सक्छ । नियमित जाँच र स्वयम् परीक्षणले पनि स्तन क्यान्सर रोक्न मद्दत गर्न सक्छ । क्यान्सर विश्वभरका घातक रोगहरु मध्ये एक हो, यसको समयमै पहिचान भए उपचार गर्न सजिलो हुन्छ र मृत्युको जोखिम पनि कम हुन्छ । गर्भनिरोधक चक्कीको अत्यधिक सेवन गर्भावस्थाका लागि समस्याकारी हुने भएकाले यसबाट बच्न जरुरी रहेको चिकित्सकहरू बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।