कोशी अस्पतालमा हातको पाताको दुर्लभ र जटिल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा दुर्लभ र जटिल किसिमको देब्रे हातको पाताको शल्यक्रिया गरिएको छ ।

कोशी अस्पतालमा मोरङको ग्रामथान वडा नम्बर ४ मोतीपुरका बुधेकुमार सरदारको देब्रेहातको फिल पाताको शल्यक्रिया गरिएको हो । रुखबाट लडेर सरदारको देब्रे हातको पाताको हड्डी भाँचिएको थियो ।

भाँचिएर टुक्रा–टुक्रा बनेको हड्डीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । डा. मिलन केसीको नेतृत्वमा डा. नविन सुवेदी र डा. रोशन यादवसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सरदारको दुर्लभ तथा जटिल किसिमको शल्यक्रिया गरेको हो ।

डा. केसीले कोशी प्रदेशमै पहिलोपटक यस किसिमको शल्यक्रिया भएको दाबी गरे । “मलाई जानकारी भएअनुसार कोशी प्रदेशमा यसअघि यस्तो शल्यक्रिया कहिल्यै पनि भएको थिएन,” डा. केसीले भने, “कोशी अस्पतालमा पनि जटिल किसिमको शल्यक्रिया गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।”

कोशी अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेर आएको बिरामी सरदारले बताउनुभयो । पुराना र अनुभवी डाक्टरले अप्रेसन गर्छन् भनेर यहाँ आएको उहाँको भनाइ थियो । “कोशीमा राम्रो उपचार हुन्छ भनेर सुनेर आएको हुँ । वास्तवमै धेरै राम्रो उपचार हुँदोरहेछ,” सरदारले भने, “मैले विश्वास गरेअनुसार नै धेरै राम्रो रहेछ कोशी अस्पतालको उपचार सेवा ।” सरदारको १८ दिनअघि रुखबाट लडेर देब्रेहातको पातोका सबै हड्डी भाँचिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।