दिनहुँ हरियो केराउ खानुका यस्ता छन् १० चमत्कारीक फाइदाहरु

काठमाडौ । मटर (केराउ) एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन (गेडागुडी) बाली हो। मटर एक तुषारो(सहने, शीतकालको पोषणयुक्त दाल जातीय सब्जी हो, जो विश्वभरि व्यापक मात्रामा उत्पादन गरिन्छ । एक चिसो मौसमको बालीको रूपमा यो शीतोष्ण (मन्दताप) क्षेत्रमा धेरै मात्रामा उत्पादन गरिन्छ, तर उष्णकटिबन्ध (गर्मी क्षेत्र)(मा चिसो उच्च क्षेत्र र उप(उष्णकटिबन्धीय क्षेत्रमा ठण्डी महिनामा यो सीमित हुन्छ।

यो प्रोटिन (२५ प्रतिशत), एमिनो एसिड, चिनी (१२ प्रतिशत), कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो। यसबाहेक, यसमा फलामको थोरै मात्रा हुन्छ। मटरमा अत्यधिक प्रोटिन हुने भएकोले यो सब्जीको निम्ति धेरै महत्त्वपूर्ण हुन्छ। हरियो केराउ स्वाद, स्वास्थ्य र सौन्दर्यको अनौठो मिश्रण हो । त्यसैले हाम्रो दैनिक भोजन खाने समयमा केराउ पनि खादा यसका १० फाइदाहरु यस्ता छन् ।

१. हरियो केराउको प्रयोगले छाला चम्किलो बनाउँछ। केराउ उमालेर पिध्ने र बेसारमा मिसाएर शरीरमा लगाउनाले छाला चम्किलो हुन्छ र कोमल पनि हुन्छ।

२. महिनावारी गढबढी हुने समस्या तथा महिनावारीको समयमा हुने दुखाई कम गर्छ ।

३. केराउमा भरपुर मात्रामा फाइबरको मात्रा हुनाले शरिरमा बोसो जम्न दिदैन जसको कारणले शरिरको मोटोपन कम गर्छ ।

४.शरीरमा कुनै प्रकारको जलन हुदा केराउको लप लाएमा आराम मिल्छ ।

५.केराउमा भिटामिन सी पाइने हुदा हाम्रो शरीरलाई पाचन प्रक्रिया शक्ति बढाउनको लागि मद्त गर्दछ साथै पेटमा हुने क्यान्सरबाट पनि टाढै राख्दछ ।

६. हरियो केराउमा पाइने आइरन, जिङ्क, म्यागनेसीयम र कपरले विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ। साथै हड्डीलाई दह्रो बनाउन मद्दत पुर्याउछ ।

७. रियो केराउको सेवनले गर्दा मुटुलाई फाईदा पुर्याउने संगै कोलेष्ट्रोललाई समेत ब्यालेन्समा राख्न मद्दत पुर्याउनेछ ।

८.हरियो केराउमा एंटी अक्सिडेन्टले प्रतिराधात्मक क्षमता पनि बढाउँछ ।

९. केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ ।

१०. हरियो केराउलाई नियमित खाँदा लामो समयसम्म जवान देखिन मद्दत गर्छ र बढ्दो उमेरको असर चाँडो देखिदैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।