विराटनगर महानगरद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट रोगको पहिचान भई समयमै उपचार हुँदा बिरामी चाँडै निको हुने गरे गरेका छन् ।

स्वास्थ्य शिविरको मेयर नागेश कोइरालाले अनुगमन गर्नुभयो । शिविरमा आउने नागरिकलाई कुनै समस्या हुन नदिन चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिनुभयो । महानगरले भौतिक पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिएको उहाँको भनाइ थियो ।

विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सुगर, प्रेसर, क्षयरोग, बालरोग, यौनरोग, स्त्री तथा प्रसूति रोग, आँखा, कान, दन्त, फिजिसियनलगायतका सेवा उपलब्ध गराइएको महानगरको स्वास्थ्य महाशाखाका भोला तिम्सिनाले जानकारी दिनुभयो । शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

सो अवसरमा महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्र साहलगायतले वडावासीलाई सहज होस् भनेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो । महानगरले गत वर्ष पनि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

शिविरमा झण्डै ५ हजार व्यक्तिले स्वास्थ्य चेकजाँच गराएका थिए । यस वर्ष पनि महानगरले १९ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।