कोशी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि आर्मीलाई

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लब हात पार्न सफल भएको छ ।

आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि हात पारेको हो । उपाधिसँगै आर्मीले नगद ५ लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगर ३ लाखमा चित्त बुझाएको छ ।

जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि चुमेको हो । यस अघि, पिएम कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेश प्रदेशसँग पराजित भएको थियो ।

कोशी प्रदेश ट्रफीको पहिलो सस्करणको उपाधि हात पार्ने क्रममा कणौलीले दिएको १ सय ११ रनको लक्ष्य आर्मीले १२ दशमलव २ बलमा १ विकेटको नोक्सानीमा पूरा गरेको थियो । पहिलो विकेटकालागि आर्मीको ओपनर सन्तोष कार्की र ईमरान शेखले २५ रनको साझेदारी गरेका थिए । सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका तृतराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गरे । आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ रन र तृतराजले ३३ बलमा अविजित ५० रन बनाए ।

च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले २ छक्का र ५ चौका प्रहार गरेका थिए । शेख र दासबीच ५४ बलमा ८७ रनको साझेदार गर्दै खेल आफ्नो पक्षमा पारे । कर्णा दिनेश अधिकारीले १ विकेट लिए ।

यस अघि टस जितेश ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रनको सामान्य योगफल तयार पारेको थियो । आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ रनबनाउँद्या कप्तान रविन्द्र शाहीले २१ रन, मनिस थापाले २१ र दिनेश अधिकारीले १२ रन बनाए । आर्मीका तृतराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।

च्याम्पियनसिपमा प्लेयर अफ दि टुर्नामेन्ट र प्लेयर अफ द फाईनलको पुरस्कार आर्मीका अलराउण्डर दासले हासिल गरे । प्रतियोगिताको उदयमान खेलाडी आर्मीका नितेश पटेल घोषित भए ।

विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका थिए । फागुन २२ गतेबाट शुरू भएक‍ो प्रतियोगितामा तीन विभागिय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।