संखुवासभामा ब्राउन सुगर सहित ३ जना पक्राउ

संखुवासभा । लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित संखुवासभामा तीन जना पक्राउ परेका छन्।

खाँदबारी नगरपालिका–१ देवकोटा टोलस्थित चिरायु पोख्रेलको घरमा लागूऔषध लुकाएर बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा मंसिर ११ गते राति करिब ८ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्लास्टिकका स–साना पोका बनाई राखिएको ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने पदार्थ बरामद भएपछि २६ वर्षीय चिरायु पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो।

घटनास्थलबाट फरार रहेका अन्य दुई जनालाई प्रहरीले मंसिर १२ गते खाँदबारी नगरपालिका–१ प्रगति टोलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ का २२ वर्षीय शुवास दाहाल र नुवाकोटको बेलकोटगढी नगरपालिका–१० घर भई हाल खाँदबारी–१ बस्ने २१ वर्षीय विनोद डोटेल रहेका छन्।

तीनै जनालाई जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖