बेलबारीमा धारिलो हतियार प्रयोग गरी श्रीमतिको हत्या , घाँटी रेटी आफुले समेत गरे आत्महत्या

बेलबारी । बुधबार करिब बिहान ०१:४० बजेको समयमा जिल्ला मोरङ बेलबारी नगरपालिका १ स्थित भेडा टोल बस्ने निर्मला राईको घरमा बिगत ४ बर्ष देखी भाडामा बस्दै आएका बर्ष अन्दाजी.६० वर्षको बम बहादुर लिम्बु र आफ्नै श्रीमती बर्ष अन्दाजी ४५ कि गिता लिम्बु बीच आन्तरिक कारण बादबिबाद हुँदा बम बहादुर लिम्बुले श्रीमति गिता लिम्बुलाई धारिलो हतियार दाउले प्रहार गरी हत्या गरीएको छ।

घाईते बनाएको भनि बिहान ०१:५० बजे ईलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी गराउन साथ ईप्रका बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको नेतृत्वमा टोली घट्ना स्थलतर्फ बुझ्दा निज महिलाको मृत्यु भईसकेको ईलाका प्रहरी कार्यालयले जनाएको छ।

घटना स्थल सुरक्षित राखेको, उक्त घटना घटाउने बम बहादुर लिम्बुले सोहि दाउले आफ्नो घाटिमा रेटि घाईते भई गम्भिर अबस्थामा रहेकोले तत्काल उद्दार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर तर्फ लगीगएको थियो। लिम्बुको अबस्था घाँटिमा गहिरो चोट तत्काल बोल्न नसक्ने गम्भिर, उक्त घटना स्थलमा दाउ, मार्तड समेत फेला परेका, उक्त घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनास्थल ईप्रका बेलबारी बाट अन्दाजी १ किमि उत्तरमा रहेको बुझिएको छ।

उक्त घाईत डम्बर लिम्बुलाई नोबेल अस्पताल बिराटनगर पुऱ्याउनसाथ चिकित्सकले चेकजाच गरी आज बिहान बुधबार ०३:२० बजे मृत घोषणा भएपछि शव कोशि अस्पताल बिराटनगर तर्फ पठाएको ईलाका प्रहरी बेलबारीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।