धरानकी सुमना श्रेष्ठको हत्यामा संलग्न धनकुटाको मुलघाटबाट पक्राउ

सुनसरी, चैत १० । सुनसरीको धरान उप-महानगरपालिका- १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

गत चैत ७ गते धरानको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल बिच रहेको खोल्सामा पहिचान नखुलेको महिला मृत अवस्थामा रहेको जानकारी पाएसगै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली र वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फोरेन्सिक डाक्टर सहितको टोली घटनास्थलमा खटिगई घटना सम्बन्धमा प्रारम्भिक अनुन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा उक्त शव धरान उप-महानगरपालिका- १६ की २१ बर्षीया सुमना श्रेष्ठको रहेको खुल्न आएको थियो । घटनाको प्रकृति हेर्दा मृतक सुमना श्रेष्ठको हत्या भएको देखिए पछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान थालेको थियो ।

प्रहरीले गहिरो अनुसन्धान पश्चात हत्यामा संलग्न धरान उप-महानगरपालिका- १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेललाई पक्राउ गरेको हो । मृतक श्रेष्ठ र भुजेल बीच करीब २ बर्ष देखि फेसबुक मार्फत प्रेम सम्बन्ध रहेको र बिस्तारै सम्बन्धमा खटपट हुँदै गए पछि चैत्र ६ गते भुजेल मृतक श्रेष्ठलाई भेट्न धरान आएको र भेटघाट गरी आफ्नै स्कुटरमा श्रेष्ठलाई राखी स्कुटर चलाउन सिकाउदै जाने क्रममा उनिहरूको बिच फेसबुक प्रयोगको बिषयमा विवाद भएपछि भुजेलले श्रेष्ठको खुकुरीले घाटी रेटी हत्या पश्चात खोल्सामा फाली भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

भुजेललाई धनकुटा नगरपालिका- ९ मुलघाटबाट लुकिछिपी बसेको अवस्थामा फेला पारी गत बिहीबार पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।