महानगरअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा पनि सुरु

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याइएको छ ।

भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको महानगरले विराटनगर–१५ स्थित रानी अस्पतालमा एकपछि अर्को सेवा विस्तार गरिरहेको छ । केही महिना अगाडिबाट फिजियोथेरापी सञ्चालनमा ल्याएको महानगरले सोही अस्पतालमा भिडियो एक्स–रे सेवा पनि सुरु गरेको हो ।

महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँले स्वास्थ्य बिमामार्फतबाट पनि भिडियो एक्स–रे गरिने जानकारी दिनुभयो । यसबाट महानगरवासीलाई धेरै राहत महसुस गर्ने मेयर कोइरालाले दाबी गर्नुभयो ।

कोशी अस्पतालमा भन्दा कम शुल्कमा भिडियो एक्स–रे गरिनेछ । स्वास्थ्य बिमा नगरेका सेवाग्राहीका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको मेयर कोइरालाले जानकारी दिनुभयो । “महानगरवासीलाई थोरै भए पनि राहत होस् भनेर हामीले कोशी अस्पतालको शुल्कभन्दा पनि कम लिने निर्णय गरेका छौं । प्राइभेट अस्पतालको त कुरै छाडौं,” मेयर कोइरालाले भन्नुभयो, “बिमा गरेका महानगरवासीलाई त अझै ठूलो राहत मिल्नेछ ।”
महानगरले रानी हेल्थपोष्टलाई स्तरोन्नती गरी अस्पतालका रुपमा सञ्चालन गरेको थियो । सो अस्पतालबाट दक्ष चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

अस्पतालबाट दैनिक ओपीडीसहित परिवार नियोजन, मातृशिशुलगायतका सेवा दिइरहेको अस्पतालका प्रमुख मानिकचन्द भगतले जानकारी दिनुभयो । यसबाहेक नेपाल सरकारले वितरण गर्ने औषधिसमेत निःशुल्क रुपमा प्रदान गरिने भगतले बताउनुभयो । अब चाँडै नै प्रसूति र डिजिटल एक्स–रे सेवासमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।