विराट निदान अस्पतालमा महानगरको आकस्मिक अनुगमन,इजाजतपत्र प्राप्त गरेपछि मात्रै सेवा सञ्चालन गर्न निर्देशन

विराटनगर । विराटनगर–३ दूधफारम पूर्व विराट निदान अस्पताल एण्ड ट्रमा सेन्टरले अनुमति नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ ।

सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको थियो । व्यवसाय दर्ता र इजाजतपत्र सम्बन्धित निकायबाट लिन प्रक्रिया सुरु गरे पनि प्राप्त नभइकनै सञ्चालन गरेको देखिएको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख दिलीप यादवले जानकारी दिनुभयो ।

अस्पतालमा बिरामी नभए पनि औषधि पसलसहित अन्य केही सेवाहरु सञ्चालनमा रहेको पाइएको उहाँले बताउनुभयो । इजाजतपत्र प्राप्त नभएसम्म कुनै पनि स्वास्थ्य उपचार नगर्न निर्देशन दिएको यादवले बताउनुभयो । यदि फेरि पनि अटेर गरेर स्वास्थ्य सेवा सञ्चालन गरेको पाइए कानुनी कारबाही गर्ने उहाँको भनाइ थियो । वडा नम्बर १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक बस्नेतले गैरकानुनी रुपमा सञ्चालन हुने जुनसुकै पेशा व्यवसायलाई पनि कानुनी दायरामा ल्याउने बताउनुभयो । उहाँले सही तरिकाले काम गर्नेलाई महानगरले सधैं सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

अनुगमनमा महानगरका स्वास्थ्य अधिकृत रमेश कार्की, मीना अधिकारी, भूपेन्द्र साह, राजेन्द्र कुइँकेल, नगर प्रहरी प्रमुख राजन पौडेल, स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शेखर यादव, जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि कृष्ण पोखरेल, अनुगमन समितिका सदस्य डा. विसम्बर यादवलगायतको सहभागिता रहेको थियो । महानगरले बिना दर्ता सञ्चालन रहेका अन्य व्यवसायको पनि अनुगमनलाई तीव्रता दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।