धनकुटाको हिलेमा अवस्थित बक्रकुण्ड मन्दिरमा नाग पञ्चमीको दिन भक्तजनको यस्तो घुइंचो (भिडियो सहित)
धनकुटा । नागपञ्चमीको अबसरमा धनकुटाको हिले स्थित बक्रकुण्ड मन्दिरमा भक्तजनको घुइचो लागेको छ ।
धनकुटा सहित तेह्थुम भोजपुर लगायत बिभिन्न जिल्लाका भक्तजन बक्रकुण्ड मन्दिरमा आएका हुन् । नाग पंचमीको दिन यो मन्दिरमा बिशेष पुजाआजा हुने गर्दछ ।
वि.सं २०६७ सालमा नागपञ्चमीकै दिन सो स्थानका पथ्थरमा नाग देवता देखिए पछि सोहि बर्ष सो मन्दिर स्थापना गरिएको हो । मन्दिरमा नाग बाहेक एक सय ८ देवी देवताको आकृति रहेको पुजारी कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै बक्रकुण्ड मन्दिरमा आज बिशेष पुजाआजा गरीएको छ । मन्दिरको १४ औ स्थापना दिवस तथा नागपञ्चमीको अबसरका बिशेष पुजाआजा गरिएको हो ।


