धनकुटामा बालबालिकाका लागि नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

धनकुटा,२४ भदौ । धनकुटामा यही भदौ २८ र २९ गते वालवालिकाका लागि निशुल्क स्वाथ्य शिविर एवम् क्यान्सर रोग बारे जनचेतना मुलक कार्यक्रम तथा रक्तदान कार्यक्रम हुने भएको छ ।

सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाको आयोजना तथा विराट मेडिकल कलेज विराटनगरको सहयोगमा वालवालिकाका लागि निशुल्क स्वाथ्य शिविर तथा क्यान्सर रोग बारे जनचेतना मुलक कार्यक्रम र रक्तदान कार्यक्रम हुन लागेको हो ।

आयोजक संस्थाले आज धनकुटामा पत्रकार संमेलन गर्दै बालरोग बिशेषज्ञ प्रोफेसर डा हेमसागर रिमाल नेतृत्वको टोलीद्धराले शिविरमा वालवालिकाको स्वाथ्य परिक्षण र उपचार गर्ने जानकारी दिइको हो । त्यस्तै क्यान्सर रोग बिशेषज्ञ डा अस्मिता रायामाझीले क्यान्सर रोगबारे जनाकारी गराउँने कार्यक्रम रहेको आयोजक संस्था सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष इश्वर बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

शिविरमा रक्तदान गर्ने कार्यक्रम रहेको र रक्तदान गर्ने व्यातिm लाई १ बर्ष सम्म विराट मेडिकल कलेजमा उपचार गर्दा २५ प्रतिशत छुट दिने व्यावस्था समेत मिलाइएको अयोजकको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।