‘हिंसा’ शब्दप्रति संसदमा एमाले र माओवादी केन्द्र आमने सामने, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको रुलिङ गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

एमाले नेता एवं सांसद योगेश भट्टराई भदौ १२ गतेको प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा माओवादी केन्द्रलाई लक्षित गर्दै जनयुद्धमा ‘हिंसा’ भएको उल्लेख गरेका थिए । उक्त शब्दबारे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । उक्त शब्द असंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउनुपर्ने माओवादीको माग थियो ।

सो शब्दबारे प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नदेखिएको सभामुख घिमिरेले रूलिङ गरेका थिए ।

सभामुख घिमिरेको रूलिङलगत्तै माओवादीका प्रमुख सचेतक पाण्डेले सभामुखको रूलिङ बेठीक रहेको बताए । उनले माओवादीले सभामुखको रूलिङको विरोध गर्ने पनि बताए । ‘यो शब्दका बारेमा जुन किसिमको ब्याख्या आएको छ, हाम्रो दल विरोध गर्दछ । यो बेठीक भएको छ । संविधानभन्दा माथि कोही हुँदैन । यसरी संविधान र कानुनको विपरीत शब्दहरु प्रयोग गर्दै जाने हो भने हामीलाई यसले कता लान्छ ?’ उनले प्रश्न गरे । सचिवालयले दिएको ब्याख्या आफूहरुलाई मान्य नरहेको पनि उनले बताए ।

‘हिँसा’ शब्दको बहस लामो समय हुदा माओवादी केन्द्र र एमालेका सांसदहरु आमेन सामने भएका थिए । एमाले सांसद रघुजी पन्तले हिंसा शब्द संसदमा विगतमा पनि प्रयोग भएको उदाहरण दिदै माओवादीले संसदमा अनावश्यक बहस गरेको आरोप लगाएका थिए ।

माओवादीका सांसदहरुको निरन्तर अवरोधपछि आजको बैठक स्थगित भएको छ । अर्को बैठक आगामी भदौ ३० गते आइतबार बस्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।