काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता

विराटनगर । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो ।

कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री र खगेनसिं हाङ्गामले उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका छन् । यस्तै भूमिप्रसाद राजवंशीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबारनै शपथ लिएका छन् ।

योसँगै कोशीमा एमाले नेता हिक्मत बहादुर कार्कीको नेतृत्वमा १० सदस्यीय सरकार बनेको छ । 

गत असार १७ गते केन्द्रमा एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।