हिउँदे अधिवेशनबाट मन्त्रालयसँग सम्बन्धित विधेयकहरु प्रस्तुत हुने छन् : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्द ऐनहरु संशोधन हुने बताएका छन् ।

मंगलबार नेपाल पर्वतारोहण संघको ३४ औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेन अगावै ऐनहरुलाई मूर्त रुप दिने काम हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री पाण्डे भने,’हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ । हामीले पर्यटन,संस्कृति,हवाई उड्यन, लगायतका नीतिहरु परिमार्जन गर्न खोजिरहेका छौं । संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रुप दिने छौं ।’

मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आव्हान गरेका छन् । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको समेत बताए । फरक प्रशंगमा बोल्दै मन्त्री पाण्डेले मुलुकको स्थायीत्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार  बनाउनु परेको उद्घोष गरे ।

मन्त्री पाण्डेले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु सहजता पक्कै पनि होइन । यो स्वभाविक पनि छैन। तर स्थीर सरकार चलाउनका लागि एक ठाउँमा उभिएका हौं ।’ यो सरकार ०८४ सम्मै चल्छ । उहाँले मुलकको समृद्धि र विकासका लागि प्रमुख प्रतिपक्षीमा रहेका दल नेकपा माओवादी, राप्रपा लगायत मधेशवादी दलहरुसँग समेत सहकार्य गर्न सकिनेमा जोड दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।