अध्यागमनको ‘इमेज’ सुधार आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतले स्वीकार्य हुने बताए ।

विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्र्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए । उनले भने- अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो । आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’

गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिशुण,नरम र सेवामुखी हुन जरुरी रहेको बताए । 

सोक्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए ।  अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖