प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल-चीन द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेको र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित बलियो, समय-परीक्षण मित्रतालाई पुन: पुष्टि गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।