अखिल क्रान्तिकारीको महाधिवेशन: आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ । 

बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने बताइएको छ ।बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ । 

शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुने र प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक हुने भएको छ । त्यस्तै असोज १३ गते बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ भने असोज १४ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका रहेको छ । 

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । अखिल क्रान्तिकारीको अध्यक्षका लागि केशव रावलसहित मदन भुल, नरेश रेग्मी, जिपी मैनाली, दिपेश पुन, पवन कार्की, नरायण खनाल लगायत नेताहरु आकांक्षी देखिएका छन् ।  

विहिबार अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।