चुङमाङ स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं १० मा रहेको चुङमाङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।
पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्र कुमार राईले उक्त स्वास्थ्य चौकी भवनको समुद्घाटन गरेका हुन् । भवन २ करोड १३ लाखको लागतमा निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रदेश सांसद ईन्द्रमणी पराजुली, जि.स.स. प्रमुख निरेन तामाङ,स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी तथा अन्य स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सघन सहरी तथा भवन आयोजना कार्यालय धनकुटा, निर्माण व्यावसायी, जग्गादाता तथा महिला स्वयमंसेविकाहरूलाई सम्मान गरिएको थियो ।


