हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले के के भने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन पुगेका प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

ओलीले सम्बोधनका क्रममा हालै संसदद्वारा पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी  प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने बताएका छन् ।

दुई ठूला दलको सहभागितामा आफ्नो नेतृत्वको सरकार बनेपछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगसँग सम्बन्धित विधेयक संसद्‌द्वारा लगभग सर्वसहमतिका आधारमा पारित भएको बताउँदै प्रधानमन्त्री ओलीले विगतमा गठन भएका आयोगले गर्न बाँकी रहेका कामहरू अबका दिनमा अगाडि बढ्ने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायका विषयमा आफ्नो धारणा राखेका थिए ।

उनले भने- ‘जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू व्यवस्थापन गर्ने स्रोत र प्रविधि नभएकाले अति कम विकसित देशहरू सबैभन्दा बढी पीडित छन् । हामीले आर्थिक विकासका लागि प्रारम्भिक कदमहरू चाल्न थालेका छौं, तर विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको समस्याले विपद्का घटनाहरू बढ्दै गएको छ । यो हाम्रो सिमानाबाट टाढा बाहिरी संसारबाट हामीकहाँ आएको हो । जीवाश्म इन्धन जलाउने सयौं वर्षको संचयी प्रभावले ठूलो मात्रामा यी विनाशकारी समस्याहरू सिर्जना गरेको छ ।’

कार्यक्रममा विद्यार्थीहरूले प्रधानमन्त्री ओलीसँग राखेका प्रश्नहरूमा उहाँले जवाफ दिँदै नेपालका युवाहरू सधैँ विदेश मात्रै जान्छन् र नेपालको अर्थतन्त्र विप्रेषणका आधारमा मात्रै चल्छ भन्ने तथ्य सही नभएको बताउँदै स्वदेश फर्कने युवाको सङ्ख्यालाई पनि हेर्न आग्रह गरेका थिए । उनले स्वदेशमा युवाहरूलाई रोजगारी र उद्यमशीलता वृद्धि गर्न ‘स्टार्ट अप’जस्ता कार्यक्रम अघि सारिएको पनि जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।