नख्खुमा भेटिएन सरकार !

काठमाडौँ । शनिबार बिहान उज्यालो हुदा नहुदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुदा नहुदै डुबानमा पर्न शुरु भएका थिए । यसैबीच ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपदमा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने एक्सपोज भएको छ ।

नख्खु खोलाको बाढीले नदी किनारमा रहेको टहरो डुबाउँदा बिहानैदेखि चार जना टहरोमाथि चढेर उद्धारको याचना गरिरहे । टहरोको छतमा घन्टौं बस्दा पनि उद्धार हुन सकेन् । अन्तत: टहरो भत्कियो र चारै जनालाई बाढीले बगायो । बाढीले उनीहरुलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र आम मानिसले राजधानीमै नदेखिएको आक्रोस व्यक्त गर्न थाले । 

स्थानीयले बाढीमा बगेका तीन जनाको उद्धार गरेपनि राज्यले अपराह्न सम्म थाहा पाउन नै सकेन ।

अपराहन्न गृहमन्त्री रमेश लेखकलाई यस विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने- ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं । यसकाप्रति म दुःखी छु । हेलिकप्टर उडार रेस्क्यु गर्ने कुरामा भिजिविलिटी नभएका कारणले सकिएन ।’ 

राजधानीमै सरकारको विपदमा राहत र उद्धारको तत्परता यति कमजोर देखियो भने देशभरको अवस्था कस्तो होला सजिलै अनुमान गर्न सकिन्छ । 

नख्खु खोलामा यसरी बगे चार जना: 
नख्खु खोला किनारको टहरोमा चारवर्षदेखि रौतहटका ४० वर्षीय राजु साहको परिवार बस्थ्यो । राजुसहित उनका २८ वर्षीय भाई राज, दुईजना छोरीहरू ६ वर्षीया मेघना र ५ वर्षीया सेतु बसिरहेका थिए । उनीहरू फलाम वेल्डिङको काम गर्ने बताइएको छ । बिहान ७ बजेसम्म अवस्था नाजुक बनिसकेको र उनीहरु टहरोको छतमा बसेर उद्धारको गुहार लगाइरहेका थिए । स्थानीय जनप्रतिनिधिले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग हेलिकप्टरमार्फत हवाई उद्धारका लागि भनेपनि प्रहरी केहि बेरमा उद्धारका लागि पर्याप्त संशाधन  बिना नै पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताए । सामान्य डोरीको आधारमा उद्धारको प्रयास सम्भव नभएको  सार्बजनिक भिडियोमा देख्न सकिन्छ । अन्य समयमा व्यापक प्रचार गर्ने गरिएको नगर प्रहरी समेत संकटको समयमा उपस्थित नभएको स्थानीयको गुनासो छ ।

चारै जना टहरो भत्किएर बाढीमा बगेपछि हेरिरहेका स्थानीय ३३ वर्षीय चणिकलाल तामाङले बाढीमा पसेर तीन जनालाई सकुशल उद्धार गरेका थिए तर एक बालिकालाई भने उद्धार गर्न सकिएन र उनी बेपत्ता रहेकी छन् । उद्धारपछि तीन जनालाई पाटन अस्पताल पुर्याइएको थियो र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

उपत्यकामा ३२ जनाको मृत्यु
दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।