अनेरास्ववियु क्रान्तिकारीमा उमेर हदको विवाद, कुर्सी हानाहान

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा लफडा भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा विद्यार्थी नेताहरु कुर्सी हानाहानमा उत्रिएका छन् ।

अहिले अध्यक्षका दावेदार रहेका नेताहरु उमेर हद लगाउन नहुने पक्षमा रहेका छन् भने केही युवा नेताहरु ३२ वर्षे उमेरहद लगाउने पर्ने पक्षमा रहेका छन् । उमेर हद लागेका यस महाधिवेशनमा अध्यक्षका आकांक्षी रहेका अधिकांशको विद्यार्थी राजनीति सकिने भएकाले यो विषय विवादमा आएको बताइएको छ ।

आइतबार मूलपार्टी माओवादी केन्द्रले उमेर हद बारेको निर्णय महाधिवेशनको हलले नै गर्ने निर्णय गरेपछि आज यो विषयमा निर्णय लिने तयारी गरिएको छ ।

१० असोजदेखि जारी २३औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेपनि आजको तोकिएको निर्वाचनको प्रक्रिया अहिलेसम्म शुरु नै हुन सकेको छैन । आज उमेर हदको विवाद मतदानबाट टुंगो लगाएर निर्वाचनमा जाने बताइएको छ । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।